नवजात शिशु मारेर फाल्ने आमा पक्राउ

1सोलुखुम्बु । आफैंले जन्माएको नवजात शिशु मारेर फाल्ने सोताङ–९ बस्ने २७ बर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ । विवाहित वि.क.ले साउन १० गते बिहान घर छेउको बारीमा छोरी जातको नवजात शिशु जन्माई मारेर सोही ठाउँको लबुवा भीरमा लगेर फालेकी प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले बिहिबार उनलाई पक्राउ गरेको हो। शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: