महायज्ञ गरेर संकलन गरेको १ करोड ३६ लाख गायब

download28संखुवासभा । सदरमुका खाँदबारीमा ७ वर्षअघि आयोजना गरिएको महायज्ञमा संकलन गरिको झन्डै डेढ करोड रुपैयाँको विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । हिमालय उच्च माविमा विज्ञान कक्षा सञ्चालन गर्न २०६५ भदौमा साताव्यापी महायज्ञ लगाइएको थियो ।

पटक पटक महायज्ञको रकम सार्वजनिक गर्न माग गरे पनि अहिलेसम्म कति रकम संकलन भएको र कहा राखिएको पत्तो नभएको पूर्व्विद्यार्थी अश्विनकुमार बज्राचार्यले बताए । ‘हामीले यति लामो समय प्रतीक्षा गर्यौं ।

अहिलेसम्म रकम सार्वजनिक भएन , उनले भने, बजारबासीको हस्ताक्षर संकलन गरेरै रकम खोजी गरेका छौं ।’ त्यो बेला उच्चमाविले पत्रकार सम्मेलन गरेर १ करोड ३६ लाख संकलन भएको जनाएको थियो । आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: