विदेशिने नेपाली घटे

Baidesik-Rojgar-Bibhag2काठमाण्डौ । आर्थिक वर्ष २०७१र०७२ मा ५ लाख १२ हजार नेपाली रोजगारीको शिलशिलामा विदेशिएका छन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा २.९० प्रतिशत कम हो । आर्थिक वर्ष ०७०र७१ मा ५ लाख २८ हजार दुई सय ३२ नेपाली विदेशिएका थिए ।

स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा र राजनीतिक अस्थिरताका कारण एक वर्षमा ५ लाख १२ हजार ८ सय ८७ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकले जनाउँछ । एक वर्षमा मेनपावरबाट ४ लाख ६२ हजार ९ सय ८८ जना र ब्यक्तिगत रुपमा नयाँ १० हजार २७ र बैधानिकीकरणमा ३९ हजार ८ सय ७२ नेपाली विदेश पुगेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: