सुझाव मिलाउलान त शीर्ष नेताले ?

Constitution_20150729085910काठमाण्डौ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बिहीबार संविधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट प्राप्त सुझावबारे सहमति जुटाउने जिम्मेवारी चार प्रमुख दलका शीर्ष नेताहरूलाई दिएको छ ।

संवाद समितिका सभापति बाबुराम भट्टराईको संयोजकत्वमा गठित सहमति निर्माण विशेष समितिमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार सदस्य छन् ।

भट्टराईका अनुसार जनताबाट प्राप्त सुझावमध्ये सकेसम्म धेरैलाई ग्रहण गरी संविधानको मस्यौदालाई समृद्ध पार्ने क्षेत्राधिकारसहितको विशेष समिति गठन भएको हो । उक्त समितिले तयार गर्ने सहमतिको प्रतिवेदनमाथि छलफल गर्न आइतबार अपराहनका लागि संवाद समितिको पूर्ण बैठक डाकिएको छ ।

यसबीचमा शीर्ष नेताहरूले संविधानसभाभित्र र बाहिरका असन्तुष्ट पक्ष तथा अन्य सरोकारवालाहरूसँग समेत औपचारिकरअनौपचारिक छलफल गरी संविधानका मुख्य अन्तर्वस्तुमा सहमति जुटाउने प्रयास गर्नेछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: