हिन्दु राष्ट्रको माग गर्दै बन्द

timthumb (1)दाङ । हिन्दु राष्ट्रको माग गर्दै स्वधर्म संस्कृति संरक्षण अभियान र हिन्दु जागरण नेपाल दाङ शाखाले आज (शुक्रवार) विहानै देखि दाङ बन्द गरेको छ । आजको बन्दमा राप्रपा नेपालले पनि समर्थन जनाएको छ ।

बन्दका कारण दाङको सामान्य जनजिवन प्रभावित बनेको छ । जिल्लामा कुनैपनि यातायातका साधनहरु संचालनमा आउन सकेका छ्रैनन् । बजार, कलकारखाना, उद्योग तथा शैक्षिक संस्था सबै ठप्प छन् । जिल्लाका प्रमुख शहरहरु तुलसीपुर, घोराही, लमही,भालुवाङ पुरै वन्द भएको छ ।

गनतब्यमा जान हिडेका सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । पूर्व पश्चिम राजमार्ग अन्त्तर दाङको भालुवाङ देखि अमेलिया, लमही सड्क खण्डमा सयौं यातायातका साधन र यात्रु रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अलपत्र परेका यात्रुलाई स्कटिङ गरेर गन्तव्यमा पठाउन थालिएको जनाएको छ ।

हिन्दुत्व संरक्षणको माग गर्दै भएको अभियानमा देशका विभिन्न स्थानमा भइरहेको दमन तथा धनगढीमा भएको गौहत्याको विरोध गर्दै आज दाङ बन्द आह्वान गरिएको आयोजकहरुले बताएका छन् । स्वधर्म संस्कृति संरक्षण अभियान सहित विभिन्न धार्मिक एवं १६ वटा सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा बन्द आह्वान गरिएको छ । बिहान ६ बजेदेखी बेलुका ५ बजेसम्म दाङ जिल्ला बन्दको आह्वान गरिएको अभियान दाङका संयोजक मेघनारायण चौधरीले जानकारी दिए ।

अत्यावश्यक सवारी सधानहरु भने संचालनमा कुनै रोकावट नगरिएको बन्द आयोजकहरुले बताएका छन् । ९४ प्रतिसत ऊंकार परिवारको वसोवास रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने उनीहरुको माग छ । यसैबीच आज हुने भनिएको नेपाल किसान संघ दाङको जिल्ला अधिवेशनपनि स्थगित भएको छ ।

जिल्ला अधिवेशन शनिवार बिहान ११ बजे काँग्रेस जल्ला पार्टी कार्यालय घोराहीमा हुने जिल्ला अध्यक्ष गोवर्द्धन आर्चायले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: