३० प्रतिशत म्यानपावर बन्द हुने अवस्थामा

manpawarकाठमाण्डौ । वैदेशिक रोजगारीमा निःशुल्क टिकट र भिसा कार्यान्वयन भए ३० प्रतिशतभन्दा बढी म्यानपावर कम्पनी बन्द हुने भएका छ । विगत वर्षमा म्यानपावर कम्पनीले पठाएको कामदार संख्या र उनीहरुको वाषिर्क आम्दानी र खर्च हिसाब गर्दा करिब ३० प्रतिशत म्यानपावर कम्पनीलाई सञ्चालन खर्च धान्न कठिन हुने भएको हो ।

हाल सात सय ५१ म्यानपावर कम्पनी सञ्चालनमा रहेको छ । यसमध्ये २ सय ३३ वटा कम्पनीको औषत खर्च अबको आम्दानीले धान्न मुश्किल पर्नेछ । विगतमा म्यानपावरले प्रतिकामदार एक लाखदेखि एक लाख ६० हजार रुपैयाँसम्म असुल्ने गरेका थिए ।

गत असार २१ देखि सरकारले खाडी मुलुक र मलेसियामा निःशुल्क भिसा र टिकटमा कामदार पठाउनुपर्ने र सेवा शुल्क तथा प्रवर्द्धनात्मक खर्चबापत् प्रतिकामदार १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने ब्यवस्था गरेको छ ।

सरकारले तोकेको दरअनुसार मेनपावरले कामदार पठाउन वाषिर्क न्युनतम २ सय जनाभन्दा बढी कामदार पठाउनै पर्ने हुन्छ । गत आर्थिक वर्षमा मेनपावर कम्पनले कामदार पठाएको संख्यालाई आधार मान्दा दुई सय ३३ वटा कम्पनी बन्द हुने अवस्थामा पुग्नेछन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: