अभिनेता आर्यनले ‘मेरो एउटा साथी छ’ को सिक्वेल बनाउने

aaनेपाली चलचित्रका अभिनेता आर्यन सिग्देल आफ्नो हिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल बनाउने तयारी थालेका छन् । हाल धमाधम यो फिल्मको स्क्रिप्टमा काम भैरहेको छ । फिल्मको निर्देशन दिनेश राउतले गर्नेछन् ।

आर्यन सिग्देल र नम्रता श्रेष्ठले अभिनय गरेको मेरो एउटा साथी छ लाई फिल्म क्षेत्रदेखि दर्शकले अत्याधिक रुचाएपछि त्यही फिल्मबाट आर्यन र नम्रताको जोडी नेपाली फिल्ममा जमेको थियो । मेरो एउटा साथी छ लाई निर्माण गरेको आइकोर फिल्मस्ले अहिले यो नाम दिन नमानिरहेको वुझिएको छ ।

तर, आर्यनले आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरबाट यो फिल्म बनाउन चाहन्छन् । त्यसैले पनि अहिले नामका लागि आर्यन र प्रभु शमशेर जबराको विभिन्न तबरले कुरा भैरहेको छ । आर्यन यो फिल्मका लागि गम्भिर भएर लागेका छन् ।

निर्माता सुवास गिरीसँग नोभेम्बर रेनमा सहकार्य गरेका आर्यनले उनै गिरीसँग मिलेर फिल्म क्लासिक पनि निर्माण गर्दैछन् । यसपछि आर्यनले ‘मेरो एउटा साथी छ २’ को कामलाई अगाडि बढाउनेछन् । निर्देशक दिनेश राउत पनि फिल्म बन्न लागेको कुरा स्विकार्छन् ।

अहिले नै स्क्रिप्टमा काम भैरहेकाले यस बिषयमा विस्तृत कुरा यसै भन्न नसिकने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: