गौहत्याको विरोधमा गरिएको बन्दले सुदुरपश्चिमको जनजीवन प्रभावित

kkकैलाली । गौहत्याको विरोधमा हिन्दुधर्म समर्थितहरुले आह्वान गरेको बन्दका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित भएको छ । बन्दले कैलालीसहित सुदुरपश्चिमका कञ्चनपुर, डडेल्धुरामा सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था पनि बन्द छन् ।

केहिदिन अघि कैलालीको धनगढी र आत्तरीया क्षेत्रमा १२ वटा गाईको हत्या भएको भन्दै गौहत्या गर्नेलाई कारबाहीको माग गर्दै हिन्दुधर्म समर्थितहरुले बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: