झापाको बिर्तामोडमा बिरोधसभा गर्ने

Madhesi-Dalबिर्तामोड । १६ बुँदे सहमतिप्रति असन्तुष्ट मधेशवादी दलहरुले संविधानको मस्यौदा परिवर्तन नगरे संविधानसभामा पेश भएलगत्तै जलाउने निर्णय गरेका छन् । शनिबार चार मधेशवादी दलहरुले बैठक गरेर मस्यौदाको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

बैठकले झापाको विर्तामोड, धनकुटा हटौंडा, धनगढी र नेपालगञ्जमा विरोधसभा गर्ने निर्णय गरेको छ । यस्तै मस्यौदाको विरोध गर्ने सबै दलसँग सहकार्य गर्दै आन्दोलनलाई थप सशक्त बनाउने मोर्चाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्: