झापा र पाँचथरका २ नेपालीले मलेसियमा गरे आत्महत्या

unnamed_-_Copy_813207549                                                                                                             मृतक : पदम लिम्बू

मलेसिया । रोजगारीमा रहेका झापा र पाँचथरका दुई नेपाली युवाले मलेसियामै झुन्डिएर आत्महत्या गरेका छन् । शुक्रबार जोहर राज्यको मुहारमा पाँचथरका पदम लिम्बूले झुण्डिएर आत्महत्या गरेका हुन् ।

लिम्बू मुहारको मुबिलिया कम्पनी मा ४ वर्षदेखि कार्यरत थिए । शुक्रबार बिहान कम्पनीको होस्टलमा उनले आत्महत्या गरेका साथी प्युठानका चन्द्र जीएमले जानकारी दिए । मृतकको शव पोषमार्टमका लागि मुहार अस्पतालमा राखिएको छ ।

यस्तै सेलेङरको काम्पुङ बारु सुबाङमा झापा धुलाबारीका सुमन बिकले बुधबार झुन्डिएर आत्महत्या गरेका छन् । सुबाङको टिआइसिए कम्पनीमा कार्यरत उनी साथीहरु काम गएको समयमा होस्टलमै झुन्डिएका हुन ।

मृतक एक महिनापछि घर जाने तयारीमा रहेका उनका साथीले जानकारी दिए । तीन वर्षअघि रोजगारीका सिलसिलामा मलेसिया आएका उनी केही हप्ता अघिबाट साथीहरुलाई आफू तनाबमा रहेको बताउँदै आएका थिए । उनको शब हाल सुंगाइ बुलो अस्पताल मा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: