नागरिकबाट प्राप्त सुझावलाई आज विशेष समितिले अन्तिम रुप दिँदै

sambidhansavaकाठमाण्डौ । नागरिकबाट प्राप्त सुझावलाई संविधानको प्रारम्भिक मस्यौदामा समावेश गर्नका लागि गठन गरिएको प्रमुख दलका शिर्ष नेता सम्मिलित विशेष समितिले आज शीर्ष राजनीतिक तहमा छलफल गरेर मस्यौदालाई टुङ्गो लगाउने तयारी गरेको छ ।

विशेष समिति अन्तर्गतको कार्यदलले पेस गरेको प्रतिवेदनमा समावेश गरिएको सुझावलाई वर्गीकरण गरी उच्च तहबाटै टुङ्गो लगाउनुपर्ने भएकाले विशेष समिति र संवैधानिक–राजनीतिक संवाद समितिको पूर्ण बैठकले ती विषय निरुपण गर्ने समितिका संयोजक डा. बाबुराम भट्टराईले जानकारी दिए ।

नागरिकबाट प्राप्त थुप्रै सुझावलाई वर्गीकरण गरेर मस्यौदाका विभिन्न खण्डमा समावेश गर्न बनेको कार्यदलले विशेष समितिसमक्ष सुझावसहितको प्रतिवेदन पेस गरेको थियो । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको संयोजकत्वमा उक्त कार्यदल गठन भएको थियो ।

कार्यदलले पेस गरेको प्रतिवेदनमा पुनः आज छलफल गर्न बिहान विशेष समिति बैठक बस्ने छ । यस्तै समितिको सुझावलाई अन्तिम रुप दिन सम्वाद समितिको पूर्ण बैठक पनि आज दिउँसो बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्: