नेपालविरूद्ध जयसूर्या खेल्ने

timthumbकाठमाण्डौ । श्रीलंकाका महान् क्रिकेटर सनथ जयसूर्या नेपाल–११ सँग यसै साता हुने च्यारिटी खेलमा विश्व–११ का एक स्टार हुनेछन् । मलेसियाको क्वालालम्पुरस्थित निरारा ओभलमा अगस्ट ९ मा नेपालका भूकम्पपीडित सहयोगार्थ उक्त खेल हुनेछ ।

इभेन्टमा लागि यसअघि नै समर्थन जनाइसके पनि जयसूर्याले खेल्ने नै निश्चित भएको थिएन। मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरामले जयसूर्याको सहभागिता निश्चित गरेको छ । वैशाख १२ गतेको ठूलो भूकम्पपछि मलेसियाले यो इभेन्टको आयोजना गर्ने निर्णय गरेको थियो।

जयसूर्यासँगै पाकिस्तानका पूर्व्विकेट किपर रसिद लतिफ, बंगलादेशका पहिलो टेस्ट कप्तान अनिमुल इस्लाम, अब्दुर रज्जाक, शोहाग गाजी, अस्ट्रेलियाका स्टिभ ओ’किफे, मार्कुस स्टाइनिस, मलेसियाका फैज नूर, सुरेश नभरत्नम, सिंगापुरका चेतन सूर्यवंशीले विश्व ११ बाट खेल्नेछन् । आजको कान्तिपुरमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्: