प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्रीको पक्षमा गगनले राखे फरक मत

Gagan-Thapa-with-onlinekhabar3काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रधानमन्त्रीको पक्षमा पार्टीमा फरक मत दर्ज गरेका छन् । बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकमा थापाले फरक मत राखेका हुन् ।

‘प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री हुनुपर्छ भनेर पहिलेदेखि नै आफ्नो कुरा राख्दै आएको हुँ’ थापाले भने–आज लिखित रुपमै फरक मत राखेको छु ।’ नयाँ संविधानको मस्यौदामा सुधारिएको संसदीय व्यवस्था प्रस्ताव गरिएको छ । एमाओवादीले भने प्रत्यक्ष निर्वा्चित राष्ट्रपति हुनु पर्ने भन्दै फरक मत राखेको छ । तर, संविधानको मस्यौदामा जनमत संकलन गर्ने क्रममा पनि प्रत्यक्ष निर्वा्चित कार्यकारी राख्न सुझाव आएको छ ।

थापाले प्रदेशहरुको सीमांकन गरेर मात्र संविधान जारी गर्न समेत नेतृत्वलाई आग्रह गरेका छन् । ‘तीन महिनाभित्र सीमांकन गर्नुपर्छ भने अहिले सीमांकन नगर्नु गर्ने कुनै तर्क छैन’ बैठकमा थापाले भने–‘सीमांकन नगर्ने हो भने यसका विरुद्ध आन्दोलन गर्ने वातावरण बनाइदिनुहुन्छ ।’

थापाले नागरिकतासम्वधी व्यवस्था र निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नु पर्ने बताए । संसद सानो हुने र अहिलेको भन्दा समावेशी पनि बनाउने विधी भएको तर, नेताहरुले सुन्नै नचाहेको उनको गुनासो थिए । बैठकमा विमलेन्द्र निधि, फर्मुल्लाह मन्सुर लगायतका नेताहरुले पनि सीमांकन गरेर मात्र संविधान जारी गर्नु पर्ने बताए ।

उनीहरुले धर्म निरपेक्षता स्वीकार गरिसकेको भन्दै अब त्यसलाई छाड्न नहुनेमा जोड दिएका छन् । तर, शंकर भण्डारीले भने हिन्दु राष्ट्र नभए कुनै पनि निर्णय नमान्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: