भोलिदेखि पौडेल विदामा

timthumb (1)काठमाण्डौ । नयाँ मुख्य सचिव नियुक्तिलाई सहज बनाउन मुख्य सचिव लीलामणि पौडेल भोलि आइतबारदेखि बिदामा बस्ने भएका छन् । आफ्नो तीन वर्ष कार्यकाल सकिनु एक साता अगाडिदेखि पौडेल विदामा बस्न लागेका हुन ।

शनिबार बिदा भएकाले मुख्य सचिव पौडेलले शुक्रबार आफ्नो कार्यकालयको अन्तिम हाजिरि गरेका छन् । निजामति प्रशासनलाई प्रक्रियामुखी बाट परिणाममुखी जनताप्रति उत्तरदायी र कर्मचारी सुरूवालाई वैज्ञानिक र पूर्वानुमान योग्य बनाउने तीन वर्षअघि मुख्य सचिवमा नियुक्ति हुँदा व्यक्त प्रतिवद्दता पूरा गर्ने प्रयास गरेपनि त्यस दिशामा पौडेलले अपेक्षाकृत सफलता हासिल गरेनन् । आजको नेपाल समाचार पत्रमा खवर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्: