रानी मुखर्जी बनीन् कवर गर्ल

rani-mukherjee_1438406184मुम्बई(एजेन्सी) बलीउड अभिनेत्री रानी मुखर्जीले भरखरै एउटा फोटोखिचाएकी छिन् । फेशन म्यागाजिन वोगको लागि त्यो फोटा खिचाएकी हुन् । उनी त्यस फोटोमा ग्ल्यामरस अवतारमा देखिएकी छिन् ।

म्यागाजीनको यहि अगष्टको अंकको लागि फोटो खिचाएकी हुन् । जसको टाइटल छ, ‘द एज (लेस) इश्यू’। रानीले यस फोटोशूटमा इटालियन डिजाइनर ‘डोल्से एण्ड गब्बाना’ फ्लोरल ड्रेस लगाएकी छिन् ।

रानी मुखर्जीले मात्र हैन अन्य पपुलर अभिनेत्रीहरुले पनि बिभिन्न म्यागाजिनका लागि फोटोशूट गराएका थिए । ती मध्ये रानीकी दिदी काजोलले पनि डिजाइनर नम्रता जोशीपुराको फ्लोरल एप्लिक कोट लगाएर एली (ELLE को अगष्ट इश्यूको लागि पोज दिएकी थिइन् ।

त्यसैगरी ऐश्वर्या राय बच्चन ले दुइपटक अलग–अलग फेशनमा म्यागाजिनको लागि फोटोशूट गराएकी थिइन् । हेल्लो (HELLO) म्यागाजिनको १९० औ संस्करणमा उनले कालो ड्रेसमा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: