एमाले अखिलमा समानान्तर कमिटि

11830210_777869559006007_1403849364_nबिर्तामोड । नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू झापा बिभाजीत भएको छ । पार्टीमा दुइलाइन संघर्षले चरम रुप लिएपछि अनेरास्ववियू बिभाजीत भएको हो । बिद्यार्थीले शनिबार पार्टी कार्यालयमा छुट्टा–छुट्टै दुइवटा कमिटि गठन गरेका छन् ।

लामो समयदेखि अधिवेशन हुन नसकेको अनेरास्ववियूले बिद्यार्थी नेता देशबन्धु ढुङगेलको नेतृत्वमा अधिवेशन आयोजक कमिटि बनाएको थियो । ढुङगेलकै संयोजकत्वमा शनिबार बसेको बैठकले उनकै अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

सोही दिन ढुङगेल नेतृत्वको समितिले उपाध्यक्षमा चयन गरेका हरि पोखरेलले २३ सदस्यीय अर्काे कमिटि गठन गरेका छन् । एमाले पार्टी कार्यालयमा अघिपछी गरेर आयोजना भएको कार्यक्रममा माधब नेपाल र केपी ओलीको लाइनमा स्पष्ट रुपमा कमिटि निर्माण भएका छन् । अध्यक्ष ढुङगेल नेपाल पक्षका हुन भने पोखरेल ओली पक्षका मानिन्छन् ।

ढुङगेलको समुहमा उपाध्यक्षमा हरि पोखरेल, सचिबमा मिलन राई, सहसचिबमा दिपिका शर्मा, दुर्गा धमला र सुजन भट्टराई र कोषाध्यक्षमा भिष्म पौडेल छन भने पोखरेलको समुहमा उपाध्यक्ष मनोज ताम्ली, सचिब सिकिन पासवान, सहसचिबमा कमल पौडेल, सुमिल उप्रेती र सन्ध्या भट्टराई तथा कोषाध्यक्ष रोशन बस्नेत रहेका छन् ।
ढुङगेल समुहका सचिब रहेका मिलन राईले अर्काे समुह गठन गर्नु अबैधानिक भएको टीप्पणी गरे । उनले असन्तुष्ट भनिएको समुहले आयोजना गरेको समुहको भेलामा अतिथिको रुपमा आउने केन्द्रीय प्रतिनिधी लगायत कमिटिमा बसेकाहरुलाई पनि कारवाहीको लागि माग गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्: