खुकुरी प्रहार गरि हत्या

khukuriगुलरिया । गोला गाविस–२ का अन्दाजी ३६ वर्षीय गंगाधर चालिसको शनिबार राति खुकुरी प्रहार गरि हत्या गरिएको छ । उनको सोही गाउँका अन्दाजी ३५ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढाले हत्या गरि फरार भएको प्रहरीले जनाएको छ ।

विदेशबाट रोजगारी गरि फर्केका बुढाले हत्या गरेका हुन् । हत्या भएको जानकारी पाएपछि राजापुर टप्पुको सबै नाकामा प्रहरी परिचालन गरिएको छ । हत्याबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: