झापाका फरार दुई अभियुक्त पक्राउ

pakrauबिर्तामोड । डाँका र चोरी मुद्दाका फरार रहेका दुई अभियुक्तलाई प्रहरीले आइतबार झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा खुदुनाबारी–५ निवासी ३६ वर्षीय बलबहादुर खड्का र सिद्धिथुम्का– ७ स्थायी घर भई अर्जुनधारा– ९ मा डेरा गरी बस्ने ३८ वर्षीय शेरबहादुर तामाङ रहेका छन् ।

जिल्ला अदालत इलामले खड्कालाई डाँका मुद्दामा छ वर्ष कैद र तामाङलाई चोरी मुद्दामा सात वर्ष कैद तोकेलगत्तै उनीहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी ईश्वर थापाले जानकारी दिए ।

थापाका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई २०६३ सालमा अदालतले कैद फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्: