झापामा छतबाट खसेर वृद्धाको मुत्यु

bhadrapur mapभद्रपुर । झापाको भद्रपुरमा शनिवार बेलुका एक वृद्धाकोे छतबाट खसेर मुत्यु भएको छ । भद्रपुर नगरपालिका ६ बस्ने ७९ बर्षिय कमला कपुरीको छतबाट खसेर मुत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

आफ्नै दुई तल्ले घरको छतबाट खसेर कपुरीको ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचारको क्रममा मुत्यु भएको प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । मृतकको परिवारलाई उद्धत गर्दै प्रहरी निरीक्षक पोदारले भने– वृद्धा कपुरी पहिले देखि नै विरामी रहेको र छतमा गएको बेला रिगटा लागेर खसेको हुन सक्ने आशंका गरिएको छ । कपुरीको शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम पश्चात परिवारजनलाई प्रहरीले जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्: