बिद्युत आपुर्ती सहज बनाउन ज्ञापनपत्र

11798335_1474942499486166_1620348372_nबिर्तामोड । राष्ट्रीय उद्योग ब्यापार महासंघ बिर्तामोडले बिद्युत आपुर्ती सहज बनाउन माग गर्दै नेपाल बिद्युत प्राधिकरण बिर्तामोड बितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष भिम राईको नेतृत्वमा आइतबार गएको टोलीले कार्यालयका सहायक प्रमुख अनिल अधिकारीलाई ज्ञापन पत्र बुझाउदै बिद्युत आपुर्ती सहज बनाउन माग गरेको हो ।

मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिद्युत आपुर्ती अनियमित रुपले भइरहेको ज्ञापन पत्रमा उल्लेख छ । बिर्तामोडमा बिद्युत आपुर्ती अनियमित हुने एवं आएको समयमा पनि भोल्टेज कम आउने हुँदा उद्योग व्यापार सञ्चालनमा समस्या उत्पन्न भएको महासंघले जनाएको छ ।

ज्ञापन पत्रमा बिद्युत नियमित गर्नुपर्ने, व्यस्त व्यापारिक क्षेत्रमा लोडसेडिङ गर्न नहुने, समय तालिका पत्रपत्रिकामा सार्वजनिक गर्नुपर्ने, बिद्युतमा हुक लगाउनेलाई कारवाही गर्नुपर्ने, अव्यबस्थित बिजुलीको तारलाई व्यवस्थित गर्नुपर्ने र बिर्तामोडको ब्यस्त बजारभरि तारलाई अण्डरग्राउण्ड गर्नुपर्ने लगायतका माग उल्लेख छन् ।

सहायक प्रमुख अधिकारीले व्यापारीको मागका सवालमा उपल्लो तहमा छलफल गराई पुरा गर्ने आश्वासन दिएको टोलीमा सहभागी व्यवसायी शार्दुल ओलीले जानकारी दिए । टोलीमा महासंघका बिर्तामोड उपाध्यक्ष रामकृष्ण अधिकारी, सचिब ओमप्रकाश श्रेष्ठ, प्रकाश भट्टराई, शिब कन्दङवा, जगदिश मित्तल, मदन खड्का, दिपेश भट्टराई लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: