सामुदायीक प्रहरी सेवा प्रभावकारी

unnamedभद्रपुर । साना खाले अपराधले समाज आक्रान्त बनीरहेका बेला त्यसलाई रोक्न झापामा रहेका सामुदायीक प्रहरी सेवा केन्द्रहरुले महत्वपूर्ण भूमिका खेलेको एक कार्यक्रमका सहभागिहरुले चर्चा गरेका छन् ।

सबै राम्रा मान्छे, सबै हाम्रा मान्छे भन्ने उद्घोषका साथ जिल्ला प्रशासन कार्यालय र सामुदायीक प्रहरी शाखा कार्यालय तथा सामुदायीक प्रहरी सेवा केन्द्रले आइतवार झापाको कांकरभिट्टामा आयोजना गरेको जिल्ला स्तरीय सामुदायीक प्रहरी सेवा केन्द्रहरुको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले उक्त कुरा बताएका हुन ।

झापामा हाल १० वटा सामुदायीक प्रहरी सेवा केन्द्रहरु रहेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका सामुदायीक शाखाका प्रहरी नायव निरीक्षक देवीप्रसाद संग्रौलाले अप्रत्यक्ष रुपमा विस्तारै समाजमा जरागाडी रहेका विसंगती र विकृती अन्त्य गर्न सामुदायीक प्रहरी सेवा केन्द्र सफल भएको भन्दै यसलाई अझै प्रभावकारी बनाउन जनता नै प्रहरी र प्रहरी नै जनता हो भन्ने अवस्था सम्म पु¥याउन आफुहरु लागि परेको बताए ।

कार्यक्रममा विर्ता सामुदायीक प्रहरी सेवा केन्द्र विर्ताबजारकी जानुका मगर, सुन्दर सामुदायीक प्रहरी सेवा केन्द्र अनारमनीका लक्ष्मी गौतम, सामुदायीक प्रहरी सेवा केन्द्र सतासीधाम दुधेकी भोजकुमारी नेपाल लगायतले सामुदायीक प्रहरी सेवा केन्द्रहरुमा यातायातको साधन तथा सरकारले उचित बजेट विनियोजन गरेर यस कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन आग्रह गरेका थिए ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रलाई सहयोग गर्ने विभिन्न ११ जना ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो भने सवै केन्द्रका पदाधिकारीलाई समाजमा कामगर्न सजिलो होस भन्ने उदेश्यले सामुदायीक प्रहरीको लोगो भएको टी–सर्ट जिल्ला शाखाले प्रदान गरेको थियो ।

मेची सामुदायिक प्रहरी सेवा केन्द्र कांकरभिट्टाका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा , प्रहरी प्रमुख ठाकुर प्रसाद ज्ञवाली, मेचीनगरपालीकाका कार्यकारी अधिकृत केशव भट्टराई सामुदायीक केन्द्रका अध्यक्ष तथा प्रतिनिधि,पत्रकार मोहन काजी न्यौपाने,लगायतले सामुदायीक प्रहरीले समुदायमा रहेर गरेको कार्यप्रति प्रसंसा गर्दै केन्द्रलाई आवश्यक परेको समयमा सहयोग गरिने बताएका छन् । कार्यक्रममा भद्रपुर र चन्द्रगढी केन्द्रलाई उपेछित गरिएको थियो भने आर्दश सामुदायीक केन्द्रको शुन्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: