एकजोर पञ्जाको मूल्य ६५ लाख

michael_1438414863झापा । स्वर्गीय डान्सर तथा सिङ्गर माइकल ज्याक्सनसँग जोडिएका बिभिन्न सामाग्रीप्रति उनका प्रशंसक अझै पनि आकर्षित हुने गरेका छन् । उनले प्रयोग गरेको एउटा सेतो पञ्जाको मूल्य लगभग ६५ हजार अमेरिकी डलर अर्थात नेपालको झण्डै ६५ लाख रुपैयाँमा लिलाम भएको छ ।

सो पञ्जाको मूल्य २० हजार डलरबाट शुरु भई अक्सन प्रक्रिया चलेको थियो । यो पञ्जा लगाएर ज्याक्सन स्टेजमा आफ्नो प्रस्तुती गर्थे । त्यो पञ्जा ज्याक्सनले उनले आफ्ना साथी तथा कलाकार पोल बेडाईलाई १९८४ दिएका थिए ।

कलाकार पोलले ज्याक्सनको लागि धेरै पेन्टीङ बनाएका थिए । २००५ मा यो पञ्जालाई पोलले एउटा निजी कलेक्टरलाई बेचेका थिए । उनै कलेक्टरले त्यो पञ्जाको अक्सन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: