केपी ओलीलाई प्रधानमन्त्री घोषणा !

ko-oliकाठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रधानमन्त्रीमा घोषणा’ गरिएको छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले एमाले अध्यक्ष ओलीलाई नेपालका ‘भावी प्रधानमन्त्री भनेर घोषणा गरेका हुन् ।

नेपाल आएका बेला ओलीसँग खिचेको फोटो सामाजिक सञ्जाल फेसबुकमा सावर्ज्निक गर्दै नेता जोलीले नेपालका भावी प्रधानमन्त्री रुपमा उनलाई चिनाएका हुन् । आफ्नो आधिकारिक फेसबुक पेजमा जोलीले ओलीसँग हात मिलाउँदै गरेको र वार्ता चलिरहेको गरी तीनवटा फोटोहरु सार्वजनिक गरेका छन् ।

जसमा लेखिएको छ नेपालका भावी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई शुभकामना दिदै बरिष्ठ नेता जोली । उसो त अबको प्रधानमन्त्री बन्ने रुपमा चर्चामा आइसकेका ओलीलाई भारतका नेताले भावी प्रधानमन्त्री भनेर घोषणा गर्नु स्वभाविकै हो ।

प्रधानमन्त्री सुशील कोइरालापछि सरकारको नेतृत्व एमालेले गर्ने सहमति अनुसार ओली अब छिट्टै प्रधानमन्त्री बन्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्: