नम्रता श्रेष्ठसँग यौन प्रस्तावको समाचारले मन्त्री रिजाललाई टेन्सन

Minendra-Namrataकाठमाण्डौ । विभिन्न समयमा विवादास्पद् समाचारको तारो बन्दै आएका सञ्चारमन्त्री मिनेन्द्र रिजाल यतिबेला छुट्टै तनाबमा छन् । विभिन्न ब्लगस्पटमा मन्त्री रिजालले नम्रता श्रेष्ठलाई यौन प्रस्ताब राखेको र प्रस्ताव अस्विकार पछि अवार्ड खोसीएको समाचारले उनलाई हैरानी बनाएको छ ।

सञ्चार मन्त्रालयद्वारा वितरण गरिने राष्ट्रिय चलचित्र अवार्डमा मन्त्री रिजालको मनोमानी भएको समाचार सार्वजनिक भएको थियो । समाचारमा जनाइए अनुसार मन्त्री रिजालले नायिका नम्रता श्रेष्ठलाई यौन प्रस्ताव गरेको तर श्रेष्ठले अस्विकार गरेपछि उनको अवार्ड खोसीएको थियो ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा नायिका ऋचा शर्मालाई अवार्ड वितरण गरिएको थियो । सोही समाचारबाट आजित बनेका मन्त्री रिजाललाई विभिन्न सञ्चार माध्यमबाट प्रतिक्रियाको लागि भन्दै मोबाइलमा फोनले उनलाई हैरान बनाएको छ ।

‘एउटै प्रश्नको उत्तर दिएर हैरान छु ।’ रिजालले भने, ‘ब्लग स्पटमा आएको समाचारको विषयमा जसले पनि जिज्ञासा राख्ने गरेका छन् ।’ समाचारमा जनाइएको घटनाबारे बोल्न भने उनी रुचाएनन् । ‘त्यो प्रतिक्रिया दिन लायक समाचार होइन ।’

उनी भन्छन् ‘मलाई त्यो बारे प्रतिक्रिया दिने समय छैन ।’ समाचारमा जनाइएको विषयमा नायीका नम्रता श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल उठ्दैन । छनौट कमिटिका सदस्य करिष्मा मानन्धरको मोबाइल नम्बर स्वीच अफ छ ।

मानन्धरको हवाला दिएर विभिन्न ब्लग स्पटले समाचार प्रकाशन गरेका थिए । अवार्ड वितरण प्रति मानन्धरले असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: