प्रमुख प्रतिपक्षी एमाओवादीद्वारा संसद बैठक बहिस्कार

SamSad-sitकाठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेको छ । बजेटमाथि सैद्धान्तिक छलफलका लागि भन्दै संसद बैठक बोलाइएको थियो । तर, एमाओवादीले बहिस्कार गरेपछि संसदको बैठक स्थगित भएको छ ।

बैठकमा विशेष समय लिएर बोल्दै एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूहरुले उठाएको मुद्धालाई सरकारले सम्बोधन नगरेको भन्दै बैठकमा नरहने जारी गराए । लगतै माओवादी सभासदहरु बैठकबाट बाहिरिएका छन् ।

माओवादीको बहिस्कारपछि सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी रहेको बेला संसदको बैठक संचालन गर्ने चलन नरहेको भन्दै बैठक मंगलबार बस्ने गरी स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस्: