बिप्लव माओवादीको जनकारवाही सुरु, झापाका मालपोत अधिकृतलाई कालो मोसो

बिर्तामोड । बिप्लव सम्बद्ध नेकपा माओवादीले मालपोत कार्यालय दमकका अधिकृत होमनाथ सेडाईलाई कालोमोसो दलेका छन् । सोमवार दिउसो माओवादी झापाका सेक्रेटरी बिवस किरातीको नेतृत्वमा गएको २० जनाको टोलीले सेडाईलाई कालोमोसो दलेको हो ।

राजश्व अनियमितता गर्ने गरेको, किर्ते जालझेल गरि जग्गा पास गर्ने गरेको, बिचौलिया सँग मिलेर घुसखाने परिपाटीको बिकास गरेको, तल देखि माथीसम्म मिलेर कमिसनमा बिकेको लगायतका कारण आफुहरुले कारवाही गर्न बाध्य भएको बिप्लव सम्बद्ध एक नेताले बताए ।

उनका अनुसार जनकारवाहीलाई तिब्र रुपमा अगाडी बढाउने बताइन्छ । जिल्लाका भ्रष्ट कर्मचारीलाई कारवाही गर्ने बिप्लव माओवादीको योजना नै रहेको बताइन्छ । भिडियोका लागी प्रतिक्षा गर्नुहोस ।

11846743_1003612626357278_3675216016080140603_n 11798380_1003609249690949_1069307527_n 11798223_1003609143024293_1668376601_n

प्रतिक्रिया दिनुहोस्: