भुवनलाई च्यालेञ्ज गर्दै सुष्मिता पनि निर्देशक बन्ने

SUSHMITAनेपाली चलचित्रका अभिनेता भूवन केसी फिल्म ‘ड्रिम्स’को छायांकन सकाउने तरखरमा छन् । यस फिल्मसँगै भुवनले निर्देशनमा हाम फालेका हुन् । भूवन केसी निर्देशनमा प्रवेश गरेपछि अब उनलाई पारिवारिक रुपमै चुनौती मिलेको छ ।

भूवन केसीकी पूर्व पत्नी सुस्मिता बमजमले अब फिल्म निर्देशन गर्ने भएकी छिन् । यो फिल्ममा उनका छोरा अनमोल केसी पनि अभिनेताको रुपमा देखिने छैनन् । तर, फिल्मले भने आमा र छोराको कथालाई उठान गर्नेछ । सुस्मिता लामो समयदेखि यो फिल्मको तयारीमा लागेकी थिइन् ।

फिल्मका लागि अहिले कलाकारको खोजी भैरहेको छ । सुष्मिताले निर्देशन गर्ने फिल्ममा अनमोल केसीलाई राख्दा कथाको सस्पेन्स खुल्ने भएकाले सुष्मिताले नयाँ कलाकार खोजिरहेको बुझिएको छ ।

भूवनसँग अलग भएपछि सुस्मिता लामो समयदेखि मिडिया भन्दा बाहिर छिन् । उनका बारेमा विभिन्न खालका गसिप पनि सार्वजनिक नभएका होइनन् । तर, पनि सुस्मिताले गुपचुप रुपमै फिल्म निर्देशनको योजना बनाएकी थिइन् ।

उनको फिल्म कहिलेबाट छायांकनमा जान्छ, टुंगो लागेको छैन । तर, भूवनसँग साथ हुँदा उनले पनि फिल्मको निर्माणमा सहयोग गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्: