सरकारी उपहार स्वदेशी नै हुनुपर्ने

download (1)काठमाडौ । सरकारी उच्च ओहोदामा रहेकाहरूले विदेशी समकक्षीलाई अब नेपालका उत्पादन मात्र उपहार दिन पाउनेछन् । विदेश भ्रमण व्यवस्थित, चुस्त र मितव्ययी बनाउन सरकारले ल्याएको निर्दे्शिकामा उपहारलाई पनि नियन्त्रित गरिएको हो । उपहारका नाममा महँगा वस्तुहरू किन्ने, खर्च भने अतिथि सत्कार र विविध शीर्षकमा राख्ने चलन बढेको थियो ।

अब त्यस्ता सामान किन्दा पहिल्यै र एकमुष्ठ खरिद गर्नुपर्ने तथा त्यसको विवरण राख्नुपर्ने भएको छ । मुख्यसचिवको अध्यक्षतामा अर्थ, सामान्य प्रशासन र परराष्ट्रका सचिव सम्मिलित समितिले उपहारको ढाँचा तयार गर्ने तय भएको छ । निर्दे्शिकाअनुसार कुन स्तरको व्यक्तिलाई कस्तो प्रकारको उपहार दिने भन्ने त्यसले ढाँचा बनाउनेछ । उपहार निर्माण वा खरिद उद्योग मन्त्रालयले गर्नेछ ।

हरेक कार्यालयले उपहारका लागि बजेट व्यवस्था गर्नुपर्नेछ । विविध वा अन्य खर्चमा यसलाई राख्न पाइने छैन । नेपाल र नेपालीका पहिचान झल्कने हस्तकलाका सामान, स्वदेशी गुणस्तरीय एवं प्रवद्र्धन गर्नलायक वस्तुहरू उपहारमा पर्नेछन् ।

तिनमा तामा, पित्तल, माटो, कागज, बाँसका हस्तकला, स्वदेशी चिया, कफी, कपडा, घडी, छालाका सामान, ऊनी तथा सूतीका कपडाहरू हुनेछन् । उपहारमा राष्ट्रपति वा प्रधानमन्त्रीको नाम र सरकारको लोगो राख्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: