किशोर कुमारका गीत सदाबहार

kkkमुम्बई(एजेन्सी)। ४ अगष्टमा मध्यप्रदेशको खंडवामा गांगुली परिवारमा एउटा बालक जन्मिएका थिए । बालको नाम राखियो आभास कुमार गांगुली, तर, उनलाई प्यारो गरेर गंगोपाध्याय भनेर बोलाइन्थ्यो ।

जब त्यो बालक ठूलो भयो उसको नाम आभासदेखि किशोर कुमार भयो । त्यस समयदेखि पुरै देशका मानिसहरु उनको गीतमा मग्न भयो । हामी कुरा गर्दै छौ, भारतीय सिनेमा का सबैभन्दा बेहतरीन कलाकार मध्येका शुमार किशोर कुमारको । जसले आफ्नो गायन र अभिनयका लागि कलाको दुनियामा एउटा नयाँ स्थान बनाउन सफल भएका थिए ।

प्लेब्याक गायक र अभिनेतासँगसँगै उनले डाइरेक्टर, प्रोड्यूसर र स्क्रिप्ट राइटर भएर पनि काम गरे । किशोर कुमार ले धेरै यस्ता गीत गाएका थिए जुन आज पनि सदाबहार रहेका छन् । ती मध्ये ‘मेरे सपनों की रानी’, ‘ये जो मोहब्बत है’, ‘कुछ तो लोग कहेंगे’र्, इना–मीना–डीका’, ‘फूलों के रंग से’, ‘जाने जां ढूंढता फिर रहा’, ‘रूप तेरा मस्ताना’… आदि प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्: