पोखरा विश्वविद्यालयका पदाधिकारीलाई सफाइ

pokhara biswobidyalayeकाठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको अभियोग प्रमाणहीन र अविश्वसनीय भएको निष्कर्षका साथ विशेष अदालतले पोखरा विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीलाई सफाइ दिने फैसला गरेको छ ।

विशेषका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई तथा सदस्य न्यायाधीशहरू भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको सोमबार बसेको इजलासले अख्तियारको ’दाबी नपुग्ने’ ठहर गरेको हो । अख्तियारले विश्वविद्यालयका उपकुलपतिसहित २३ जनालाई भ्रष्टाचारको अभियोगमा २०७१ कात्तिक ११ मा मुद्दा चलाएको थियो ।

उपकुलपति खगेन्द्र भट्टराई, पूर्वउपकुलपति केशरजंग बराल, रजिस्ट्रार मानबहादुर केसी, पूर्वरजिस्ट्रार ओमप्रकाश शर्मा, कार्यकारी परिषद् सदस्य दीपकराज पौडेल, इन्द्रप्रसाद तिवारी, भवानीप्रसाद पाण्डे, ज्ञानेश्वर शर्मा, चन्द्रमणी पौडेल, ईश्वरचन्द्र बानियाँ, विज्ञान संकायका डिन सुरेश बाँस्तोला, परीक्षा नियन्त्रक बलराम भट्टराई, पूर्वपरीक्षा नियन्त्रक कृष्णवीर पौडेल, कामु परीक्षा नियन्त्रक पूणचन्द्र शर्मा, योजना महाशाखा प्रमुख हरिबहादुर खडका, उपप्रशासकहरू यादव थापा, रवीन्द्रप्रसाद बराल, होमबहादुर थापा, गोवर्द्धन भट्टराई, कन्सल्टेन्ट प्रमुख पदमबहादुर शाही, प्राविधिक शाखा प्रमुख विनोद ढकाल, ठेकेदार रामेश्वर भण्डारी र सुरेश बराललाई अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: