कर्मचारीको गतिवधिप्रति बिप्लव माओवादीको आपत्ति

11846308_1004013812983826_701574747_nबिर्तामोड । भ्रष्टचारी दलालहरुको पक्षमा कर्मचारी ट्रेडयुनियनले निकालेको बिज्ञप्ती प्रति बिप्लव सम्बद्ध नेकपा माओवादीले आपती प्रकट गरेको छ । मंगलवार झापाका सेक्रेटरी बिवस किरातीले एक बिज्ञप्ती प्रकाशीत गरि आपती प्रकट गरेका हुन् ।

किरातीले भ्रष्ट कर्मचारीलाई चेतावनी स्वरुप मात्र कालो मोसो दलीएको बताउदै जनकारवाही तिब्र बनाइने बताए । उनले १२ बुँदे सहमतिपछी जनताले पहिले भन्दा बढि सास्ती बेहोर्नुपरेको भन्दै जनताको मुक्तिका निम्ती आफुहरु जस्तोसुकै सघर्षमा उत्रिने उल्लेख गरे ।

किरातीले दलाल तथा पटाहा कर्मचारीहरुको बचावट गर्ने गरी नेपाल निजामती कर्मचारीहरुको ट्रेड युयिनको नाममा निकालीएको बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

बिप्लव सम्बद्ध माओवादीले सोमवार मालपोत कार्यालय दमकका अधिकृत होमनाथ सेडाईलाई भ्रष्ट्रचार गरेर जनतालाई दुःख दिएको भन्दै कालोमोसो दलेका थिए । कालो मोसो दलीएको भन्दै आपती जनाउदै ट्रेडयुनियनले बिज्ञप्ती प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: