सभाषदसँग सहारा नेपालको कार्यक्रम

10557430_1450863688516337_1846472093216510357_nबिर्तामोड । झापाको बिकासमा झापाका २१ जना सभाषदहरु एक स्थानमा भएको झापाली सभाषदहरुले बताएका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था झापाको आयोजनामा भएको सभाषदसँग सहारा कार्यक्रममा बोल्दै झापाली सभाषदहरुले स्थानीय स्तरको बिकास निर्माणमा एक हुने राजनीतिक संस्कार आफूहरुले सिकाएको बताएका छन् ।

पोखरामा भइरहेको साहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाको आर्थीक बर्ष ७२÷७३को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीका अवसरमा भएको सभाषदसँग साहारा कार्याक्रमा पोखारा पुग्नु भएका सभाषद रबिन कोइरालाले झापाको बिकासमा एक भएका कारण पनि झापाको बिकास चाँडो हुनु बताउनु भयो ।

सभाषद कोइरालाले अवको अव बन्ने प्रदेसको निती बनाउँदा साहारा नेपाल जस्ता सस्थाहरुसँगको सहकार्यमा बिकास निर्माण गर्ने योजना ल्याउनु पर्ने बताउनु भयो । उहाँले झापाको पूर्वोत्तर गाबिसमा देखिएको हात्ती आतंक रोक्नका लागि पनि झापाली सभाषदहरुको एकताका कारण सोलार फेन्सी जडान गर्ने काम शूरु हुन लागेको बताउनु भयो ।

उहाँले यसका लागि टेण्डर आव्हान भइसकेको र आगामी दिनमा झापाली जनता हात्ती आतंकबाट मुत्त हुने बिश्वास व्यत्त गर्नु भयो । झापाली सभाषद केशब कुमार बुढाथोकीले झापाको बिकासमा झापाली सभाषद एक भएको बताउनु भयो ।

कार्यक्रमा सभाषद हरिबहादुर राजबंशीले साहारा नेपाल बचत तथा ऋण सहकारी जस्ता सस्थाहरुसँगको सहकार्यमा झापाको बिकामा हातेमालो गर्ने निती लिनु पर्ने बताउनु भयो । यसका लागि पहल समेत गर्ने उहाँले बताउनु भयो ।

कायृक्रमा सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले झापाको बिकासमा साहाराले गरेको कामका बिषयमा जानकारी दिनु भयो । यस्तै आगामी दिनमा गर्ने योजनाका बिषयमा समेत जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्: