सामुदायीक वनमा मानव कंकाल

banदाङ । लमही नगरपालिका–५ अर्नहवास्थित चप्पर खोला सामुदायीक वन क्षेत्रमा आज मानव कंकाल फेला परेको छ । राजमार्गदेखि तीन किलोमिटर उत्तर चुरे फेदीमा भेटीएको कंकाल ललितपुर जिल्ला माल्टा गाविस ९ घर भएका ४० बर्षीय कृष्णबहादुर घर्तीको भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले बताए ।

घर्ती असार २८ गते अर्नहवा ससुराली आएको समयमा हराएका थिए । च्याउ खोज्न जंगल गएका स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खवर गरेका थिए । घर्तीले लगाएको कपडाको आधारमा आफन्तहरुले कंकालको पहिचान गरेको प्रहरीले जानकारी दिएको छ ।

एक वर्षको अवधिमा देउखुरीमा यो सागै चारवटा मानव कंकाल फेला परिसकेको शाहीले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: