सीमांकन टुंग्याउने गृहकार्य

sambidhan 2072काठमाण्डौ । प्रमुख चार दल संघीयताको सीमांकन टुंग्याएरै संविधान जारी गर्ने प्रयास गरिरहेका छन् ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसहित कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका अध्यक्ष रहेको विशेष समितिले यसमा गृहकार्य गरिरहेको छ ।

समितिले चार दलका दोस्रो तहका नेताहरूको समेत सहयोग लिएर सोमबार दिनभर सीमांकनका साथै जनताका सुझावका आधारमा संविधानको मस्यौदा परिमार्जनको गृहकार्य र्गयो । सीमांकनका विभिन्न विकल्पमा छलफल भए पनि कसरी टुंग्याउने भन्ने विषयमा भने ठोस रूपमा प्रवेश भएको छैन ।

संविधानका विषयमा जेठ २५ गते चार दलले गरेको १६ बुँदे सहमतिमा सीमांकनको विषय आयोग बनाएर त्यसको सुझावका आधारमा र नामांकन प्रदेशसभाले गर्ने गरी ८ प्रदेश बनाउने उल्लेख छ । त्यो सहमतिप्रति असहमति जनाउँदै मधेसीलगायत कतिपय साना दल प्रक्रियाबाट बाहिरिएका थिए ।

असन्तुष्ट दल, समूहलाई समेट्न भारतीय पक्ष र पार्टी्भित्रै तथा जनताबाट पनि सीमांकन टुंग्याउन दबाब आएपछि चार दल सीमांकन टुंग्याएर संविधान जारी गर्न कस्सिएका हुन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ८ प्रदेश बनाउने भनिए पनि संख्या थपघट गरेर सीमांकन टुंग्याउने विषयमा समेत छलफल भएको जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: