हत्या गरेर फालिएको अवस्थामा आज बिहान एक युवकको शव फेला

hatyaकाठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिका ३ मा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । खोटाङको दिप्लुङ स्थायी घर भएका शंकर राईको शव धरानको माछा भौडी स्थित खहरे खोलामा हत्या गरेर फालिएको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

भूपू सिंगापुर प्रहरी रहेका शंकर जागिर छाडेर धरानमा डेरा गरी परिवार सँग बस्दै आएका थिए । प्रहरीका अनुसार उनको टाउकोमा गम्भिर चोट लागेको छ । घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: