अभिनेता दयाहाङ राईले आफू स्टार नभएको बताए

dayaछिल्लो समयका व्यस्त तथा सफल अभिनेता दयाहाङ राईले आफू स्टार नभएको बताएका छन् । उनले आफूले आफुूलाई कहिल्यै स्टार भएको अनुभुति नगरेको बताउदै स्टार भनेको आफूले सोच्ने नभई अरुले बोल्ने शब्द रहेको उनले बताए ।

फिल्म क्षेत्रमा आउनु पहिले र अहिलेको व्यक्तिगत जीवनयापनमा खासै परिवर्तन नपाएको जिकिर गर्ने उनले स्टार र स्टारडमको कुरा भनेको काममा निर्भर रहने र कामको मुल्याङ्कनपछि प्रयोग हुने शब्द भएको उनको भनाई छ । कसलाई स्टार र सुपरस्टार भनिन्छ त्यसको बारेमा केहि बोल्न नचाहेका दयाले सामान्य जीवनयापन नै आफ्नो सोख रहेको सुनाए ।

सामाजिक कथाका फिल्मलाई महत्व दिने र सोही प्रकारको फिल्ममा अभिनयका सौखिन दयाले कुनै कार्यक्रममा सहभागि हुँदा तथा बाटोघाटोमा हिँड्दा भने फिल्म क्षेत्रमा आउनु पूर्वको समय र अहिलेको समयमा धेरै फरक पाएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: