मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

download (6)इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुर–५ कोसी कटान क्षेत्रमा बिहीबार राति मोटरसाइकल दुर्घटना हँुदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२१प ४१८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा भारत गजियावादका इमरान खाँको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी हरिपुर गाविस–७ का अशोक मण्डलको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको प्रहरीले जनाएको छ । खाँको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: