गौरमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

Rautahat-Chandranigahapur-Jगौर । रौतहट सदरमुकाम गौर शनिबार दिउँसोबाट तनावग्रस्त बनेको छ । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच बीपी चोकमा झडप भइरहेको छ ।

मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्ने क्रममा दुई पक्षबीच झडप भएको हो । झडपका क्रममा मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

प्रहरीले ८ राउण्ड अश्रुग्यासका साथै ५ राउण्ड हवाइ फायर गरेको छ । अवस्था अहिले पनि तनावग्रस्त नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: