राप्ती समितिको सिन्डिकेड अझै जारी रहला?

downloadदाङ । राप्ती अंचल सार्वजनिक बस व्यवसायी समिति र मालिका–कालिका यातायात प्रालिबीचको विवादले दुबै पक्षले पत्रकार सम्मलेनहरु गरे। एकले अर्कोलाई आरोप–प्रत्यारोप गरे।

गत मंसिर २१ गते प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलन गरी नयाँ प्रालि खुल्ने र दाङ–काठमाडौंका लागि पहिलो चरणमा ८ वटा डिलक्स बस चलाउने खबर सार्वजनिक गरेको दुई दिनपछि राप्ती समितिले पनि पत्रकार सम्मेलन ग¥यो।

समितिका अंचल संयोजक भरतनाथ योगीले जारी गरेको प्रेस बक्तव्यमा स्पष्ट भनियो, ‘हामी प्रालिका गाडी कुनै हालतमा संचालन गर्न दिँदैनौं। त्यसका लागि सबैखाले शक्ति प्रयोग गर्छौं।’

राप्ती समितिको पत्रकार सम्मेलपछि प्रालिले पत्रकार सम्मेलन गरी आफूहरुले राज्यको नीति नियममा रहेर स्वतन्त्रपूर्वक व्यवसाय मात्रै गर्न खोजेको र त्यो अधिकार सबै नागरिकमा समानरुपले रहनुपर्नै भन्दै स्थानीय प्रशासनलगायत अधिकारकर्मीलाई ध्यानाकर्षण गराए। तर त्यसको भोलिपल्ट प्रालिका महासचिव गेहेन्द्र वलीमाथि आक्रमण भयो। मध्यरातमा प्रालिको तुलसीपुरस्थित केन्द्रीय बुकिङ काउन्टरमा तोडफोड भयो।

प्रालिले राप्ती समितिको निर्देशनमा महासचिव वलीमाथि आक्रमण र काउन्टर तोडफोडको दोषारोपन गर्दैआएको छ।
प्रालिले राखेको कार्यक्रममा सांसद् बुद्धिराम भण्डारीदेखि नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीलगायतका जिल्लाका नेताले स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउने अधिकार राज्यले सुनिस्चित गरेकाले विचलित नहुन आग्रह गरे। उनीहरुले बस संचालनको विषयलाई विवादको विषय नबनाउनसमेत भने।
तोडफोड र आक्रमणबारे राप्ती समितिले अहिलेसम्म आफ्नोे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर शुक्रवार भने राप्ती समिति अन्तरगतका १४ वटा समितिको तुलसीपुरमा भएको बैठकले समितिलाई पटक÷पटक बदनाम गराउने खेल भएको भनी वक्तव्य जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: