हत्या गरी फालिएको अवस्थामा आमाछोरीको शव फेला

rautahat_districtरौतहट । रौतहटको हर्दियापल्टुवा गाविस वडा नम्बर तीनमा दुई जना शव फेला परेको छ । हत्या गरी फालिएको अवस्थामा आमा रेणु साह र छोरी अंकिता साहको शव फेला परेको हो ।

स्थानीय प्राथमिक विद्यालयको पछाडिट्टि रहेको खाली चौरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा दुई शव फेला परेका हुन् । घरबाट झन्डै दुई सय मिटर टाढा आमाछोरीको शव फेला परेको हो ।

शुक्रबार राति नै हत्या गरेको जस्तो देखिने शव स्थानीयबासीले शनिबार बिहान फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: