ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Nawalparasiनवलपरासी । नवलपरासीमा भएको ट्याक्टर दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । दाउन्नेदेवि गाविस वडा नम्बर ७ को भित्री सडकखण्डमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा बर्दघाट पाँच निवासी १६ वर्षकी अञ्जु चौधरीको मृत्यु भएको हो । अन्य चार जना घाइते छन् ।

चौधरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा निधन भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

सेमरीबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ त ६१५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनापछि चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्: