रौतहटमा प्रहरीको गोली लागेर एकको मृत्यु, कर्फ्यू आदेश जारी

Gaur-Jhadap-4गौर । रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । लगतै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

शनिबार दिउँसोदेखि नै तनावग्रस्त रहेको गैरमा आइतबार पनि विभिन्न चोकमा झडप भएको थियो ।
बीपी चोकमा भएको झडपका प्रहरीले गोली चलाएको थियो । गोली लागेर तेजापाकड–१ का १७ वर्षका शेख तवरेजको मृत्यु भएको छ । गोली लागेर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको दाहिने कोखामा गोली लागेको थियो ।

४ बजेदेखि कर्फ्यू
झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: