ज्यान मार्ने उद्योगमा संलग्न दुई अभियुक्त पुर्पक्षको लागि जेल चलान

timthumbरौतहट । गोली हानेर ज्यान लिन खोजेको आरोपमा पक्राउ परेका दुई जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

रौतहटको कर्कचकर्मैया–६ का ४५ वर्षीय सुरेन्द्र साहलाई गत मंसिर १ गते घरमा सुतिरहेको अवस्थामा गोली हानी ज्यान लिन खोज्ने तीन जना मध्ये पक्राउ परेका दुई जना अभियुक्तलाई शुक्रवार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

कारागार चलान हुनेमा कर्कचकर्मैयाका १९ वर्षीय मुकेश शर्मा लोहार र श्यामानन्दन यादव रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । घटनामा संलग्न एक जना भने फरार रहेका छन् । अभियुक्तहरुलाई सरकारी वकिलमार्फत १२ वर्षको जेल सजायको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: