सिरियालीलाई अनअराइभल भिसा रद्द

download (2)काठमाण्डौ । शरणार्थीको भेषमा आतंककारी सञ्जाल आईएसआईएसमा संलग्न व्यक्ति आउनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले सिरियाली नागरिकलाई दिँदै आएको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) रद्द गरेको छ ।

पुस ६ गतेको मन्त्रीस्तरिय निर्णयबाट पुस १७ गतेदेखि लागू हुनेगरी सिरियाली नागरिकले अनअराइभल भिसा नपाउने भएका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

अब नेपाल आउन चाहने सिरियाली नागरिकले इजिप्टको राजधानी कायरोमा रहेको नेपाली दूतावासबाट अग्रीम भिसा लिनुपर्नेछ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सिरियाली नागरिकलाई जनवरी १ बाट अनअराइभल भिसा नदिने निर्णय भएको बताए ।

गृहमन्त्रालयले सिरियाली शरणार्थीको भेषमा आतंकवादीसमेत प्रवेश गर्नसक्ने भएकाले कडाई गर्न यस्तो निर्णय गरेको हो । आतंकवाद सन्जाल आईएसआईएसले सिरिया र इराकलाई आधारइलाका बनाएर आफ्नो प्रभाव फैलाउन खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: