सिरेटो छेक्दैन त्रिपाल, भूकम्प पीडित कष्टकर दैनिकी गुजार्दै

images (1)गोरखा । उत्तरी गोरखामा हिउँ पर्न थालेपछि चिसो निकै बढेको छ । हिमाली भेगमा रहेका यी गाविसमा उत्याधिक जाडो हुने भएपछि भूकम्पपीडित कष्टकर दैनिककी गुजारिरहेका छन् ।

‘पहिले हिउँ पर्दा घरबाट बाहिर निस्कन गाह्रो थियो, अहिले घर छैन, टहरामा बस्नु परेको छ, त्रिपालले सिरेटो पनि छेक्दैन, गुम्दाका साने गुरुङले भने,‘अहिले चिासोले रुघाखोकीका बिरामी बढेका छन् ।’ नागरिक दैनिकमा समाचार छ ।

सदरमुकामबाट उत्तरी भेगमा रहेका हिमाली गाविस सामागाउँ, छेकम्पार, चुम्चेत, ल्हो, बिही, प्रोकमा हिमपात हुने गर्छ । त्यसमुनिका लापु, गुम्दा, लाप्राक, बारपाक, केरौँजा, कासिगाउँ, मान्बुलगायत गाविसमा बिहानबेलुकी शीत पर्छ, सिरेटो चल्छ ।
गुम्दामा चिसोका कारण टहर बसेका अधिकांश स्थानीयलाई झाडापखाला भएको थियो । अहिले पनि बिरामी बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्: