किन पढ्किए ट्रान्सफर्मर ? अख्तियारले थाल्यो छानविन

download (4)काठमाण्डौ । अख्तियार र दुरुपयोग अनुसन्धान आयोगले सयौँ ट्रान्सफर्मर पड्किएको विषयमा विद्युत प्राधिकरणमाथि अनुसन्धान थालेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले प्राधिकरणले खरिद गरेर जडान गरेको ट्रान्सफर्मर विभिन्न ठाउँमा पड्किन थालेपछि त्यसको गुणस्तर र प्राधिकरणमाथि छानविन गरिएको बताए ।

भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि ग्यासलगायतको पदार्थ अभाव भएपछि धैरैले विजुलीमा पकाउँदै आएका छन् । विद्युतको लोडसेडिङ धान्न नसकेपछि नेपालका विभिन्न ठाउँका ट्रान्सफर्मर पड्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्: