चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु

images (1)चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । गैँडाको आक्रमणबाट नारायणी नगरपालिका–३ बुद्धनगरका ६२ वर्षीय बुद्धिप्रसाद अर्यालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रतनी हरियाली सामुदायिक वनको सरसफाइ कार्यक्रममा सहभागी हुन जान लागेका अर्याललाई गैँडाले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: