नाकाबन्दीले वैदेशिक व्यापारमा भारतको हिस्सा घट्यो

download (6)काठमाण्डौ । मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीले बढी बस्तुको आयात निर्यात हुने मुलुक भारतसँगको व्यापार हिस्सा घटेको छ । कुल व्यापारमा भारतसँगको हिस्सा ६५ प्रतिशतबाट घटेर ५४ प्रतिशतमा सीमित भएको छ । कारोबार दैनिकमा समाचार छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षका सुरुवाती ५ महिनाको तथ्यांकअनुसार कुल वैदेशिक व्यापार २ खर्ब ४१ अर्ब रुपैयाँमध्ये भारतसँग ५२ प्रतिशत अर्थात १ खर्ब ३० करोड रुपैयाँ भएको छ ।

यो अबधिमा २ खर्ब १२ अर्बको आयात र २६ अर्बको निर्यात भएको छ । भारतबाट मात्रै १ खर्ब १५ अर्बको आयात र २६ खर्ब रुपैयाँबराबर निर्यात भएको छ । मधेसी मोचाएको आन्दोलनलाई बहाना बनाएर भारतले न्यून परिमाणमा इन्धनलगायत अन्य बस्तु लोड गर्दा उसको हिस्सा घटेको हो ।

प्रतिक्रिया दिनुहोस्: