प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

Prachanda-Kp-oliकाठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीलाई एमाओवादीका अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक समितिका संंयोजक समेत रहेका प्रचण्डले मधेसी मोर्चा र कांग्रेससँग भएको छलफलबारे जानकारी गराएका छन् ।

प्रचण्डले शनिबार कांग्रेससँग छलफल गरेका थिए भने कांग्रेस, एमाओवादी र मधेसी मोर्चाको त्रिपक्षीय बैठक समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: