मोटरसाइकल एकापसमा ठोक्किँदा, एकजनाको मृत्यु

morangविराटनगर । मोरङमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

गएराति रङ्गेली–५ मा दुईवटा मोटरसाइकल एकापसमा ठेक्किँदा मोरङ दर्वेशा–९ का मनोज कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ५ प ७३५५ नम्बरको मोटरसाइकल र को १२ प ६०६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका कटुवालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै मोटरसाइकल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: